संसद्‌भित्रै अनशन बस्ने माओवादी सांसदको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले संसद्‌भित्रै अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले हुलाकी राजमार्गको कटहरीखण्ड निर्माणको १० वर्ष हुन लाग्दा समेत सम्पन्न नगरिएको बताए । यो विषयमा सभामुख देवराज घिमिरेबाट ‘रुलिङ’ नभए संसद्‌मै अनशन बस्ने उनले चेतावनी दिएका हुन् । उनले आफूले पटक–पटक सदनमा उठाएको विषयमा…