काठमाडौं । संघीय निजामती सेवा ऐनको माग गर्दै देशभरका निजामती कर्मचारीहरू आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को पहलमा सुरु गरिएको यो आन्दोलनमा विभिन्न राजनीतिक धारका कर्मचारी संगठनहरूको सहभागिता रहेको छ। सहभागी संगठनहरूमा नेकपा एमाले सम्बद्ध नेपाल कर्मचारी संगठन, कांग्रेस निकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट…