विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा सक्रिय रहेको बताएकी छन् । विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा शुक्रबारदेखि सुरु भएको उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन सक्रिय राजनीतिमा आइसकेपछि उनको राजनीतिक भविष्यको बारेमा सोधिएको प्रश्नमा भण्डारीले अहिले पनि सक्रिय राजनीतिमा रहेकाे बताइन् । “पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन…