काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिमा समाहित गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिएका छन् । हिजो मंगलबार सम्पन्न राप्रपा केन्द्रीय समितिको बैठकमा संस्थापनइतरले अध्यक्ष लिङ्देनमाथि यस्तो दबाब दिएका हुन् । महामन्त्री कुन्ती शाहीले भनिन्, ‘पार्टी अध्यक्षको मात्र होइन, हामी सबैको हो । अध्यक्ष…