१५ औं महाधिवेशनमा सभापतिमा उठ्ने प्रकाशमान सिंहको संकेत

सुर्खेत । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने संकेत गरेका छन् । सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा उठेकोले अब त्यसभन्दा तल उठ्ने कुरा नहुने उल्लेख गर्दै सभापति उठ्ने संकेत गरेका हुन् । सिंहले भने, ‘म ग्रासरूटबाट आएको हुँ,…