महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी

काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन्। संघको विधानविपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको गुनासो गर्दै उनीहरूले पारदर्शी र विधिसम्मत ढंगले अधिवेशन गराउन माग गरेका छन्। ज्ञापन–पत्रमा अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाइएको छ। “संघको…