२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध

काठमाडौं । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित भएको जानकारी दिइन् । उनका अनुसार जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा सुस्मिता श्रेष्ठ, सितल क्याम्पस चौरजहारी रुकुम…