सरकारले अहंकार नराखीकन प्रतिपक्षले उठाएका कुरालाई सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रश्न र आलोचना गरे पनि घृणा फैलाउने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कुनै पनि व्यक्तिका बारेमा घृणा फैलाउने काम गर्न नहुनेमा जोड दिए । ‘केही कुरामा हाम्रा बीचमा समझदारी हुनैपर्छ- यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्था जोगाउने कुरामा, यसलाई…