काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिहा गरेको छ । विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई बयान प्रक्रिया सकिएपछि छाडिएको पुष्टि गरेका छन् । “बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,” उनले भने । यसअघि शुक्रबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा अग्रवाल पक्राउ परेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा लिइएपछि उनीमाथि विभागले…