गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

नयाँदिल्ली । भारतको राज्य सभामा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो । यसको जवाफमा विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा जानकारी दिएको छ कि गत २०२४ मा मात्रै २ लाख भन्दा बढी भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन्। यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो वर्षको तुलनामा केही कम हो…