कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्। "त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन जसले समस्या निम्त्याएको छ," डब्लुएचओका आपतकालिन प्रमुख डा. माइकल रायनले बिहीबार पत्रकार…