यमनमा इजरायलको अहिलेसम्मकै ठूलो आक्रमण

काठमाडौं । इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको दाबी गरेको छ । हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा यो आक्रमण गरेको इजरायली सेनाले बताएको बीबीसीले जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले यमनको राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा तथा गुप्तचर सेवा र सेनासँग सम्बन्धित पूर्वाधारहरूमा बमबारी गरेको…