काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या आठ सय जना नाघेको छ । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट अन्य कम्तीमा दुई हजार आठ सय जना घाइते भएका तालिबानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प…