काठमाडौं । राजधानीका विभिन्न स्थानमा गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक सुरक्षामा खलल पुर्याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले गएको बिहीबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौँका विभिन्न क्षेत्रबाट यी व्यक्तिहरूलाई समातेको हो ।…