टर्की भूकम्पप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।  स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय जना मानिसको ज्यान गएको छ ।  सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका…