एजेन्सी/न्युयोर्क । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए । वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले…