मस्को । रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए । १५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।…