वासिङ्टन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार कतारी विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमा कुराकानी रुस र युक्रेन बीच बढ्दो तनावका विषयमा छलफल गर्नुभएको छ। प्रवक्ता नेड प्राइसले युक्रेनको सिमाना नजिक रुसको सैन्य उपस्तितिका विषयमा छलफल भएको बताउँनुभएको छ । सो अवसरमा मन्त्री ब्लिन्केनले अमेरिकी नागरिक, कानुनी स्थायी बासिन्दा र अफगान साझेदारहरूको अफगानिस्तानबाट सुरक्षित ट्रान्जिटमा…