न्युयोर्क । अमेरिकामा काेभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो । कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ । ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा…