अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूले अब जमानत सुनुवाइका लागि अध्यागमन न्यायाधीशसमक्ष अनुरोध गर्न नपाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशमा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रयासलाई तीव्र बनाइरहेको बेला नयाँ नीति घोषणा भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नीति परिवर्तनअघि आप्रवासीहरूले आप्रवासन न्यायाधीशसमक्ष जमानतका लागि अनुरोध गर्न सक्थे…