हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई न्यायाधीशद्वारा अस्थायी रूपमा रोक

काठमाडौं । अमेरिकी सङ्घीय न्यायाधीश एलिसन बुरोजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हार्वर्ड विश्वविद्यालयमा पढ्न अनुमति नदिने ट्रम्प प्रशासनको निर्णयलाई अस्थायी रूपमा रोक लगाएका छन् । म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोजले यदि प्रतिबन्ध लागू भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र उल्लेखनीय क्षति भोग्न सक्ने बताएको बीबीसीले जनाएको छ । यो निर्णय हार्वर्डले हिजो अदालतमा दायर गरेको मुद्दाका आधारमा…