काठमाडौँ । अमेरिकी विदेश विभागले ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। विभागले बीबीसीलाई जनाएअनुसार अमेरिकी कानुन उल्लंघन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको हो । मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो मुद्दा मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी र ‘आतंकवादलाई समर्थन’ सँग सम्बन्धित थिए।…