राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गर्नुभएको छ। "आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारवाहीहरू बारे छलफल गर्न भेट गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । सो…