काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ । यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रवार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ । व्यक्तिगत र पारिवारिक व्यवस्था…