काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो । यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा…