पहिलो पटक अमेरिकन नौ सेनाको नेतृत्व महिलाको काँधमा

वासिङ्टन । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् । सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछिन्।…