अमेरिकी प्रजातन्त्र सम्मेलनमा प्रधानमन्त्री दाहाललाई आमन्त्रण

काठमाडौं । अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने 'प्रजातन्त्र सम्मेलन'मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको बताएकी छन् । उनले दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो जानकारी दिएकी हुन् । प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम अर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको…