ट्रम्पद्वारा इरानसँग अर्को साता थप वार्ता हुने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो प्रशासनले अर्को हप्ताको सुरुमा इरानसँग थप वार्ता गर्ने जानकारी दिएका छन् । ओमानमा इरानसँग भएको धेरै राम्रो अप्रत्यक्ष संवादको केही घण्टापछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । फ्लोरिडाको मार–ए–लागो क्लवतर्फ जाँदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूहरूले इरानको बारेमा धेरै राम्रो कुराकानी गरेको बताए…