बाल्टिमोर। नेपालको सुदूर पश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्व अमेरिकी भूमिमा पनि मनाइने भएको छ। सुदूर पश्चिम क्षेत्रका नेपालीहरुले आ आफ्नो बसोवास रहेको अमेरिकाका विभिन्न राज्यमा वार्षिक रुपमा यसरी गौरा पर्व मनाउँदै आएका छन्। यसैक्रममा मेरिल्याण्ड राज्यमा बसोवास गर्ने सुदूर पश्चिमका नेपालीहरुको संस्था सुदूर पश्चिम नेपाली समाजले यहाँ पनि गौरा पर्व मनाउने तयारी गरेको छ।…