काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुने साफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । यू–१९ साफ च्याम्पियनसिप आगामी वैशाख २८ देखि जेठ ४ गतेसम्म सञ्चालन हुँदैछ ।…