एनपीएल विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

काठमाडौं । पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ । गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधाममा रहेको राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन गर्नेछ । त्यहाँबाट शुरू हुने परेड जनकपुरकै रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन…