लन्डन। न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो । न्यूक्यासलको जितमा डान बर्न र एलेक्जेन्डर इसकले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागि फेडेरिको चिएसाले एक गोल गरेका थिए…