धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराएको छ । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । बैतडीका हिमाल दौलयालले ३९ रन बनाए । अत्तरियाका विवेक यादवले ४ विकेट लिए । यसअघि धनगढीको…