काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ । हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी आम्दानी भएको देखिन्छ । कार्यसमिति बैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सील)ले हिसाब पेश गरेको थियो । जसअनुसार…