काठमाडौं । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बंगलादेशले 'क्लिन स्वीप' गरेको छ । बंगलादेशले टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो क्लिन स्वीप हात पारेको हो । आज बिहान सकिएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ८० रनले हरायो । बंगलादेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६…