बार्सिलोना सुपर कपको फाइनलमा

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा बुधबार राति भएएको खेलमा बार्सिलोनाले एट्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गरे । १७औँ मिनेटमा गाभीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि यामलले ५२औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए ।…