काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो । काठमाडौंका लागि सुमित महर्जनले अविजित ४०…