काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिएका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कार्यबाहक राष्ट्रपतिसमेत रहेका उपराष्ट्रपति यादवले बधाई तथा शुभकामना दिएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘युनाइटेड अरब इमिरेट्स (यूएई) मा भइरहेको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई…