काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीहरुको बोलकबोल अहिले जारी छ । फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बने । ढकाललाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् । रिजनले नेपाली राष्ट्रिय टीमबाट २ एक दिवसीय र ३ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्…