काठमाडौं । राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लब विजयी भएका छन् । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा भगवतीले नव जन जागृति क्लबलाई ५–१ गोलले हरायो । भगवतीका शिशिर लेखीले २ तथा सुवास बम, सेमन्त तथा र अजयी मार्टिनले १/१ गोल गरे । नव जन जागृतिका विक्रम थोकरले गोल…