काठमाडौं । क्यानडाका युवराज सम्रा आईसीसी टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । टी–२० विश्वकपमा समूह ‘डी’ मा न्युजिल्यान्डसँगको आजको खेलमा युवराजले १९ वर्ष १४१ दिनको उमेरमा शतक बनाएर कीर्तिमान कायम गरेका हुन् । उनी ६५ बलमा ६ छक्का र ११ चौका प्रहर गर्दै ११० रन बनाएर आउट भए । यसअघि सन्…