राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । याेसँगै राेहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलका क्रममा २ रन जोड्दै रोहितले यो उपलब्धि हासिल गरेका हुन् ।…