काठमाडौं । आइसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय २५ रनले हराउँदै फाइनलमा ठाउँ सुरक्षित गरेको छ । गुवाहाटीमा हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४२ ओभर ३ बलमा १९४ रनमा अलआउट भयो । त्यसअघि दक्षिण अफ्रिकाले पुरै ५० ओभरमा ७ विकेट गुमाउँदै…