नयाँदिल्ली । अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ। गुवाहाटीमा मंगलबार भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय चार रनमा अविजित रहे…