काठमाडौँ । १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङजाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्रपति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का…