लुटन टाउनमाथि चेल्सीको सहज जित

लन्डन । इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति चेल्सीले लुटन टाउनलाई ३–० को गोलअन्तरले हराएको छ। चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा रहिम स्टार्लिङले दोहोरो गोल गरेपछि चेल्सीले सहज जित दर्ता गरेको हो। खेलको १७ औं मिनेटमै स्टार्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेका स्टार्लिङले दोस्रो हाफमा पनि अर्को गोल गरे ।…