खेलाडीदेखि समर्थकसम्म तनावपूर्ण भएको खेलमा ब्राजिललाई अर्जेन्टिनाले हरायो

काठमाडौं । तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित घरेलु टोली ब्राजिललाई १–० ले हराएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पाँचौं जित हो । खेलको ६३औं मिनेटमा रक्षक निकोलास ओटामेन्डीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उनले जिओभानी लो सेल्सोको कर्नर बलमा हेड गोल गरेका हुन् । यसअघि दुबै…