फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा पाहुना टोली युनाइटेड खार्साङ दार्जिलिङलाई हराउँदै रेडस्टार फुटवल क्बल झापाले अन्तिम चारमा स्थान सुरक्षित बनाएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । रेडस्टारसँगै जुटविकास फुटबल एकेडेमी सुनसरी, रेडहर्स इलाम, पथरी ११ मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेका…