विश्वकप छनोट : अमेरिकाको छैटौँ विकेट खस्यो

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । ललित राजवंशीले सुशान्त मोदानीलाई आफ्नो शिकार बनाएका हुन् । ४२ रन बनाएका मोदानीलाई ललितले बोल्ड गरेका हुन् । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।