काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेल बराबरीले फ्रेन्ड्सलाई रेलिगेसन संघर्ष झन् कठिन बनेको छ । २३ खेलमा ६ जित ७ बराबरी र…